×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख २५ गते स्टान्डर्ड चार्टर्डको एफपिओ बाँडफाँड हुदैँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैशाख २५ गते स्टान्डर्ड चार्टर्डको एफपिओ बाँडफाँड हुदैँ

Artha Sarokar

२४ बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको एफपिओको बाँडफाँड वैशाख २५ गते हुने भएको छ । शुक्रबार आस्वामा देखिएको समस्याका कारण सेयर बाँडफाँड हुन नसकेपछि अब सोमबार बाँडफाँड गर्ने तयारी गरेको बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो । उक्त एफपिओमा कुल दुई लाख २३ हजार तीन सय आठ आवेदकबाट ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार पाँच सय ४० रुपैयाँको आवेदन परेको थियो । बैंकको एफपीओमा आस्वाबाट ८४ हजार नौ सय १६ जनाले २४ अर्ब ५२ करोड आठ लाख ११ हजार छ सय ८० रुपैयाँ र परम्परागत तरिकाले संकलन केन्द्रबाट एक लाख ३८ हजार तीन सय ९२ जनाले जम्मा १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार आठ सय ६० रुपैयाँ बराबरको एफपीओ भरेको बताइएको छ ।
एफपिओ विक्री गरेपछि स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार तीन सय ३३ रुपैयाँ पुगेको छ भने संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी