
काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ सेयर सूचीकृत गरिएको छ । गत साता बाँडफाँट गरिएको सेयर सूचीकरण गरिएको हो । स्टक एक्सचेन्जले उपलब्ध गराएको सूचना अनुसार बैंकले बिक्री गरेको २५ लाख ५८ हजार १४० कित्ता सेयर सूचीकरण गरिएको हो । यो एफपीओमा १४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको थियो । गोलाप्रथामा सेयर पाउनेको हातमा १० कित्ता परेको छ भने चिठा नपर्नेको चाहिँ हात खाली भएको थियो । १५० कित्तादेखि माथि आवेदन दिने सबैले सेयर पाएका हुन् । सबैभन्दा बढी २५ हजार ५ सय ८० कित्ता आवेदन दिनेको भागमा १६३० कित्ता सेयर परेको थियो । प्रतिशतका आधारमा हेर्दा १० देखि ३० कित्तासम्म आवेदन दिनेले २४.६० प्रतिशत सेयर पाएका छन् भने त्यसभन्दा माथि ४० देखि २५ हजार ५८० कित्तासम्म आवेदन दिनेको भागमा ६.३८ प्रतिशत सेयर परेको हो ।
यो सेयरमा कुल २ लाख १७ हजार ३२२ जनाले सेयर भरेका थिए । जसमा १ लाख ४० हजार १३२ जनाले सेयर पाए । चार्टर्डको एफपीओमा २ लाख २५ हजार भन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका थिए। चार्टडले चैत १ देखि ४ गतेसम्म २५ लाख ५८ हजार १४० कित्ता एफपीओको बिक्री खुला गरेको थियो । एफपीओको बिक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ भएको छ । यसैगरी, चार्टर्डको संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत भएको छ। चार्टर्डले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६ करोड ४२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ८४ पैसा (वार्षिक) रहेको चार्टर्डको प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ३ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्