
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ : दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो ।
मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गरेका थिए
दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ लाई सारेर असार ९ गते भनिए पनि ९ गते पनि मुसलमान समुदायको रमजान पर्वको अन्तिम दिन पर्ने भएकाले र मधेसवादी दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन सारिएको उपप्रधानमन्त्री निधिले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्