
काठमाडौं- आफ्नो संजाल बढाउने क्रममा सनराइज बैंकले काठमाडौंको कालिकास्थानमा शाखा खोलेको छ । बैंकले साविकको नारायणी नेशनल फाइनान्सलार्इ प्राप्त गर्दा सो स्थानमा रहेको फाइनान्सको कार्यालयलार्इ शाखामा रुपान्तरण गरेको जनाएको छ।
शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका छन् । बैंकका अनुसार बैंकको यस शाखाबाट ग्राहकहरुलार्इ लकर सुविधा समेत उपलब्ध गराइएको छ ।यस सुविधाबाट ग्राहकहरुले बहुमुल्य सामाग्रीहरुको सुरक्षा गर्न सक्ने बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।
यस्तै केही दिनमै बैंकले मकवानपूरको हेटौंडामा समेत शाखा विस्तार गर्न लागेको जनाएको छ। सनराइज बैंकले नेपालभर ७० वटा शाखा तथा ८० वटा एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ। यसैगरी बैंकले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान चितवन मेडिकल कलेज भरतपुर र मलेसिया भिएलएन काठमाडौंमा एक्सटेन्सन काउन्टर संचालन गरेको छ। बैंकले देशका बिभिन्न १६ स्थानमा शाखारहित बैंकिङ सेवा संचालन गरेको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्