
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ १६ गतेदेखि सनराइज बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । सनराइजले १०ः३ अनुपातमा सेयर बिक्री खुला गरेको हो । यस आधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर असार १९ गतेसम्म भर्न पाइनेछ । हकप्रद सेयर निष्कासनपछि सनराइजको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७५ हजार ७०० रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुर्याउन सनराइजले ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सनराइजको हकप्रद सेयरमा वैशाख २८ गतेसम्म कायम सेयरधनीले मात्र भर्न सक्नेछन् ।
यो हकप्रदमा प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैह्रीधारा काठमाडौं तथा बैंकका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । सनराइजको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सनराइजको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा र प्रतिसेयर नटवर्थ १३६ रुपैयाँ ८३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्