
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ १६ गतेदेखि सनराइज बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । सनराइजले १०ः३ अनुपातमा सेयर बिक्री खुला गरेको हो । यस आधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर असार १९ गतेसम्म भर्न पाइनेछ । हकप्रद सेयर निष्कासनपछि सनराइजको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७५ हजार ७०० रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुर्याउन सनराइजले ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सनराइजको हकप्रद सेयरमा वैशाख २८ गतेसम्म कायम सेयरधनीले मात्र भर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्