काठमाडौँ – धेरै जसो सडक दुर्घटना मध्यमा मुख्य गरि पैदल यात्रुको पनि कारण हुने भएकोले सडक दुर्घटना न्यूनीकरण अन्तर्गत ट्राफिक प्रहरी महाशाखाले सडक प्रायोगकर्तालाई निश्चित स्थानबाट मात्र सडक प्रयोग गर्न सुझाउदै अभियानलाई ब्यबहारिक रुपमा प्रारम्भ गरेको छ ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख मिन्मार लामा बिहिबार बिहान कार्यालय समएमा आफै सडक पैदल यात्रु सुरक्ष्या अभियानामा सहभागी हुदै सडकमा देखियो ।
सडक प्रयोगकर्तामा जनचेतनाको अभाबले गर्दा सवारी जामका साथै दुर्घटना हुने भएको कारणले यस किसिमको अभियान चलाउनुपरेको महाशाखा प्रमुखले बताए ।
राजधानी लगाएतमा दैनिक जस्तो ठुला दुर्घटनामा ४० प्रतिशत पैदल यात्रुको लापरवाहीले हुने गरेको छ । महाशाखाले थालनि गरेको यो अभियानले पैदल यात्रुलाई सडकको सहि प्रयोग गराउनाका साथै ५० प्रतिशत सम्म दुर्घटना न्यूनीकरण गराउने लक्ष्य रहेको महाशाखाले बताएको छ ।
अभियानमा सामुदायिक सेवा ,नेपाल स्काउट, विद्यार्थी,कलाकार र सामाजिक संघ सस्थाको सहभागी रहने छ । फोटो;-बुद्ध शरण शाही
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्