Skip to content
LAXMI SUNRISE BANK

पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साईनो !

अर्थ सरोकार

पोखरा – धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी ९मितिनी० हुनुहुन्छ। चुनावका बेला पनि यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाउनुभएको होइन।
एमालेले पार्टीभित्रै गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस जो हुनुभएको थियो। राष्ट्रपतिसँग मञ्जुले उहाँकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म गर्नुभएको छैन।
फूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आआफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउनुहुन्छ। कसरी गाँसिएको थियो त उहाँहरुको सैनी साइनो ?
कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आउनुभएको थियो। पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोच्नुभयो।
नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भन्नुभयो, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखें।’
सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा जीवनकै ठूलो खुसी मिलेको उहाँले सुनाउनुभयो। संयोग कस्तो पनि परेको छ भने उहाँ यसअघि पोखरा उपमहानगरपालिकाको उपमेयर हुनुहुन्थ्यो। छोरी मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी हुनुभएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK