काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा छन् ।
बत्तीस वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा प्रमुख पदका उम्मेदवार काँग्रेसका राजुराज जोशीले ३८ हजार ७३८ मत प्राप्त गरेका छन् । विवेकशीलका रञ्जु दर्शनाले २० हजार १९५ मत प्राप्त गरेकी छिन । साझा पार्टीका किशोर थापाले १५ हजार ६८९ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वाेत्तम डङ्गोलले छ हजार ३९८ प्राप्त गरेका छन ।
त्यसैगरी, उपप्रमुख पदका लागि काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले अग्रता कायम गरिरहेका छन् । उनले हालसम्ममा ५० हजार ३८५, राप्रपाका राजाराम श्रेष्ठले २९ हजार ८२९, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५६३, साझा पार्टीका निरुपमा यादवले नौ हजार ९७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
एक लाख ७२ हजार ६८३ मत खसेकोमा हालसम्म एकलाख ६७ हजार १४१ मत गणना भइसकेको छ । अहिलेसम्म १४ वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेको छ । अहिलेसम्म २५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्