
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको नेकपा एमालेले निःशर्त संसदको अवरोध फिर्ता लिएको छ । साथै एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ । सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो ।
बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिए ।एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो । तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो । सोमबार बिहानमात्र प्रधानमन्धी निर्वाचनका विषयमा सदनबाट हुने प्रकृयामा सहयोग गर्न आग्रह गर्न गृहमन्त्री बिमलेन्द्र निधी र काँग्रेस नेता प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।
करिब डेढ घण्टा भएको छलफलमा गृहमन्त्री र नेता गिरीले सहयोगको अपेक्षा सहित ओलीसँग आफ्ना कुरा राखेको अध्यक्ष ओलीका निजी सचिव अनिस दाहालले जानकारी दिएका थिए । भोलि संसद अवरुद्ध नहुने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ । दलहरुबीचको सहमति अनुसार मंगलबार संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा प्रमुख दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसपछि पुनः बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्