
अछाम, १६ असार – अछामको रामारोशन गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा चार जना माओवादीका कार्यकर्ता घाइते भएका छन् ।
रामारोशन गाउँपालिकाको वडा नम्बर एकमा माओवादी केन्द्रले जीतको घोषणा नभइ विजय उत्सब मनाउन थालेपछि एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।
घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । हिजो राती भएको उक्त घट्नामा परी सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ । घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
घाइते दुबैको टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्