प्रधानमन्त्री पत्नी आरजु राणा देउवादेखि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसम्मका नेताहरु एक्कासी ओशो तपोबन पुग्दा धेरै अनौठो माने ।
त्यतिमात्र होइन राणा र श्रेष्ठसंगै एमाले नेता प्रदीप गिरी, काँग्रेसका नरहरी आचार्य, शारदा शर्मा, बिनोद ज्ञवाली, सोभा ज्ञवाली, कार्टुनिस्ट राजेश केसी, नायिका निशा अधिकारी, क्रिकेटर शरद भेस्वाकर, उपेन्द्र महतो, समता महतो लगायत तपोबन पुगे ।
उनीहरु सबै त्यहाँ पुग्नुको एउटै मात्र कारण थियो स्वामी आनन्द अरुणको ७४ औ जन्मोत्सव । असार २ गते परेको जन्मोत्सव मनाउन आयोजित वासुदेव कुटुम्बकम नामक सभामा उनीहरु तपोबन पुगेका हुन्।

उनीहरुले रुस, चीन, कजाखस्तान, युक्रेन, पाकिस्तान, बेलायत, जर्मनी, अमेरिका, इरान, कोलम्बिया, नेपाल तथा भारतबाट आएका सधखारुको सांस्कृतिक प्रस्तुतिको आनन्द लिएको स्वामी आनन्द अरुणले जनाएका छन् ।
कार्यक्रममा ओशो तपोवनले विश्व वन्धुत्व र सद्भावको सन्देशलाई विश्वभर फैलाएको कुराको सराहना गर्दै उद्योगपति उपेन्द्र महतोले स्वामी आनन्द अरुणको निरन्तर तप र प्रयासले वास्तवमै ओशो तपोवन सबै उदात्त चित्त र आध्यात्मिक खोजिहरुका लागि एक अन्तराष्ट्रिय गन्तव्य भएको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्