
काठमाडौं – शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो । ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । आजको नागरिकमा खबर छ ।
तर, २३ बर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन माओवादी नेता पुष्पकमल दाहालले मुख्य भूमिका खेले । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यको रुपमा लिएका छन् ।
‘जसले माओवादी सिध्याउन संकटकाल लगाए, आतंकककरी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमाण्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो ।’ भट्टराइले भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो, विजयाका लागि बधाइ पनि छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्