काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आपत्ती जनाएका छन्।
चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार भएको स्मरण गराउदै वैद्यले सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
‘यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गर्नु हो,’ अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
वैद्यले नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई रिहाई गर्न सरकारसँग माग गरेका छन् ।
चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ ।
अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २ केन्द्रीय नेतासहित सयौं नेता कार्यकर्ता प्रहरी हिरासतमा छन् ।
हेर्नुहोस् विज्ञप्ति

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्