
बैंक तथा फाइनान्स कम्पनीहरुमा कायम रहेको निक्षेप रकम २२ खर्ब २४ अर्ब ७० करोड ३४ लाख रुपैयाँ पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ५४ वटा विकास बैंक र ३३ वटा फाइनान्स कम्पनीसहित कुुल एक सय १५ वटा संस्थामा उक्त परिमाणमा निक्षेप रहेको हो ।
सोमध्ये वाणिज्य बैंकहरुमा मात्र १९ खर्ब ५२ अर्ब ७८ करोड ४० लाख ५० हजार रुपैयाँ निक्षेप रहेको छ । विकास बैंक र फाइनान्सहरुमा भने यस्तो निक्षेप रकम क्रमशः दुुई खर्ब ७२ अर्ब ८६ करोड ७५ लाख तथा ५९ अर्ब पाँच करोड १८ लाख ६० हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैंकिङ क्षेत्रको लगानीमा रही रहेको कर्जा कुुल कर्जा रकम भने १९ खर्ब ४० अर्ब ९१ करोड १८ लाख ४० हजार रुपैयाँ पुुगेको छ । राष्ट्र बैैंकका अनुसार यस्तो कर्जा रकम वाणिज्य बैंकहरुमा १६ खर्ब ४१ अर्ब ४५ करोड ७२ लाख ६० हजार रुपैयाँ रहेको भने विकास बैंकहरुमा दुुई खर्ब ४४ अर्ब ३५ करोड ७० लाख १० हजार रुपैयाँ रहेको छ ।
फाइनान्स कम्पनीहरुमा कायम रहेको कुुल कर्जा रकम भने सो अविधमा ५५ अर्ब नौ करोड ७५ लाख ६० हजार रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी भने सो अवधिमा दुुई खर्ब चार अर्ब १० करोड ८६ लाख ९० हजार रुपैयाँ पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको चुक्ता पुँजी एक खर्ब ६० अर्ब ७२ करोड २३ लाख १० हजार रुपैयाँ पुुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी क्रमशः ३१ अर्ब ५६ करोड ९० लाख १० हजार तथा ११ अर्ब ८१ करोड ७३ लाख ७० हजार रुपैयाँ पुुगेको छ ।
राष्ट्र बैंकले २०७४ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुलाई न्यूनतम आठ अर्ब, विकास बैंकहरुलाई दुुई अर्ब माथि र फाइनान्स कम्पनीहरुलाई ८० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपश्चात बैंकिङ क्षेत्रको चुक्ता पुँजी बढेको हो । पुरानो व्यवस्था अनुसार भने वाणिज्य बैंकको दुुई अर्ब, राष्ट्रियस्तरको विकास बैंकको ६४ करोड र फाइनान्स कम्पनीहरुको २० करोड रुपैयाँ चुक्ता पुँजी हुुनुुपर्ने सीमा तोकिएको थियो । आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्