Skip to content
LAXMI SUNRISE BANK

सीईओ कसलाई बनाउने भन्ने विषयमा बैंक अफ काठमाडौँमा सञ्चालकबीचनै मनमुटाव ! अनील शाहदेखि किशोर महर्जनसम्मको नाम चर्चामा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विभिन्न विषयमा एक अर्काको कुरा नमान्ने रोगले ग्रसित बैंक अफ काठमाडौँमा सीईओ फेर्ने विषयलाई लिएर पनि मनमुटाव सुरु भएको छ । बैंकमा कसलाई सीईओ बनाउने भन्ने विषयमा संचालकविच नै विवाद भएको हो । गत असारमा मात्र नियुक्त भएका सीईओ अजय श्रेष्ठले सन्तोषजनक काम नगरेको भन्दै उनलाई बैंकले हटाउने निर्णय गर्न लागिएको स्रोतको भनाइ छ। 
स्रोतका अनुसार अध्यक्ष प्रकाश श्रेष्ठसहित लुम्बिनी बैंकको तर्फबाट आएका सञ्चालकहरुले तत्कालीन लुम्बीनी बैंकका सीईओ सोभनदेव पन्तलाई नियुक्ती गर्न चाहेका छन् भने सञ्चालकहरु सञ्जय बहादुर शाह, राधेश पन्त लगायत अन्य सञ्चालकहरुले अनिल केसरी शाह, किशोर महर्जन, तुलसी गौतम र उपेन्द्र पौडेलको नाम अगाडी सारेका छन् । यी मध्ये अनील केशरी शाह बैंक अफ काठमाडौँ आउन खास इच्छुक नदेखिएको बुझिएको छ भने किशोर महर्जनले भने राम्रै लविङ गरेको बुझिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK