
- अर्थ सरोकार सम्बाददाता
भरतपुर – भरतपुरमा नेकपा एमाले उग्र बनेर आन्दोलनमा थाल्ने तयारी गरेपछि त्यहाँ केहि ठाउँलाई निषेधित घोषणा गरेको गरिएको छ । पूर्वतर्फ मालपोत चोकदेखि जिल्ला अदालत आउने क्षेत्र, पश्चिमतर्फ चौबीसकोठीदेखि जिल्ला प्रहरी कार्यालय जाने सडक, उत्तरतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालय पछाडिको सडक र दक्षिणतर्फ हाकिम चोकदेखि जिल्ला कारागार आउने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन अयोगले वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यसको स्वागत गरेका छन् भने नेकपा एमालेले निर्णयको विरोध गर्दै कानुनी उपचार खोज्ने बताएको छ । भरतपुर महानगरमा नेकपा एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी रेणु दाहाल मेयरका उम्मेदवार छन् । दाहाल भन्दा ज्ञवाली करिब सात सय मतले अगाडि छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्