भरतपुर महानगरपालिकामा ९० मतपत्र च्यातिएको घटना सम्बन्धि नयाँ तथ्यसार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले ९० वटा मतपत्र च्यातिएको जानकारी सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले ५÷७ वटा मात्र मतपत्र च्यातिएको बताएका थिए । सोही दाबीलाई आधार मान्दै संसदको बुधबारको बैठकमा एमाले नेता सुरेन्द्र पाण्डेले ५ वटा मतपत्र च्यातिएको बताएका थिए ।
बुधबार निर्वाचन आयोगले शीलबन्दी गरेर राखिएको च्यातिएका मतपत्रको गणना गर्न निर्देशन दिएपछि बिहीबार निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र दलीय प्रतिनिधिको रोहबरमा शीलबन्दी खोलिएको हो । ‘निर्वाचन आयोगको निर्देशनअनुसार शीलबन्दी खोलेर गन्दा क्षति भएको ९० वटा पमतपत्र भेटियो’, उनले भने, ‘यही रिपोर्ट निर्वाचन आयोगमा दिन्छु ।’ गत १४ जेठको राति ११ बजेर ४५ मिनेटमा भरतपुर १९ को मतगणना जारी रहेका बेला गणनामा बसेका माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।
मतपत्र च्यातिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगले सह–महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वको तीन सदस्यीय छानबिन टोलीले तयार पारेको प्रतिवेदनमा च्यातिएको मतपत्र संख्या यकिन थिएन ।
अर्को कुरा के भने एमालेले माओवादीले मतपत्र च्यातेको आरोप लगाइरहेका बेला निर्वाचनमा गठबन्धन गरेका काँग्रेस–माओवादी केन्द्रले भने आफु पराजित हुने भएपछि एमालेले नै मतपत्र च्यातेको आरोप लगाएको छ ।
उसो त मतगणना स्थलमै रहेका एक संचारकर्मीले मतपत्र माओवादी केन्द्रले मात्र नभइ त्यसमा एमालेको पनि सहभागिता रहेको बताएका छन् । इमान्दार मिडियासँगको टेलीफोनका क्रममा ती संचारकर्मीले भने – ‘हामी पनि घटनास्थलमै थियौं, मतपत्र च्यात्ने काम माओवादी केन्द्र र एमाले दुवै पक्षबाट भएको छ । हामीले त्यहि देख्यौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्