
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ स्थित मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले उक्तमा पुनः मतदान गर्ने घोषणा गरेको छ । निर्वाचन आयोगको शनिबारको वैठकले निर्वाचनको मिति तोक्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई दिदैं सो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिएको थियो। तर, गत जेठ १४ गते आइतबार मध्यरातमा १९ नम्बर वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातेको खबर सार्वजनिक भएपछि मतगणना स्थगित भएको थियो। १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातिएको थियो।
उक्त वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो भने यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माअोवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो। १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्