
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चितवनमा पुन: मतदान नहुने भएको छ । भरतपुर महानगरपालिकामा फेरि मतदान नगराउने र मतगणना सुरु गर्ने तयारी आयोगले गरेको हो । हिजो साँझ निर्वाचन आयोगमा बसेको आयुक्तहरुको बैठक निश्कर्षबिहीन भएपछि आज पुन: बैठक बसेको थियो ।
९० मतलाई खारेज गरेर मत गणना सुचारु गर्ने तयारी भएको छ । जेठ १४ गते भरतपुर महानगरपालिकामा मतगणना चल्दै गर्दा माओवादी केन्द्रका कार्यकर्ताहरुले मत पत्र च्यातेका थिए । माओवादीकी मेयर उम्मेदवार रेणु दाहाल पछि पर्दै गएपछि उनीहरुले मध्य रातमा मतपपत्र च्यातेका थिए ।
च्यातिएका ९० मत बदर हुने छन् । अब मतगणना गर्दा दलका प्रतिनिधिलाई मत पत्र छुन नदिने तयारी आयोगले गरेको छ । अहिले निर्वाचन गरेका फेरि पनि मत पत्र च्यात्ने लगायतका घटना दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोगले मत गणनालाई कायमै राख्ने निर्णय गर्न थालेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्