
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध संसदमा प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध गरेको प्रमुख प्रतिपक्षी एमाले पुनः मतदानमा भने सहभागी हुने भएको छ ।
बाहिर आयोगको निर्णयको विरोध गरे पनि भित्रभित्रै चुनावको तयारी भएको एमाले नेताले नै खेलासा गरे । आयोगको निर्णयलगत्तै शनिबार बसेको एमाले स्थायी समिति बैठकले निर्वाचन आयोगको निर्णय खारेज गर्ने र निर्वाचन प्रक्रियामा नजाने निर्णय गरेको थियो । तर, एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले आफूहरु चुनावका लागि तयार रहेको बताए ।
‘पुनः मतदानमा हामी सहभागी हुन्छौं’, पोखरेलले भने, ‘जनताको जनमत लिन डराउने पार्टी एमाले होइन ।’ पोखरेलले १९ नम्बर वडाबाट एमालेले पुनः मतदानमा ८० प्रतिशतभन्दा बढी मत लिने दाबी गरे । निर्वाचन आयोगले शनिबार छानबिन समितिको प्रतिवेदनका आधारमा उक्त वडाको सम्पूर्ण मतपत्र बदर गर्दै पुनः निर्वाचन गराउन जिल्ला निर्वाचन कार्यालय चितवनलाई निर्देशन दिएको थियो ।
१९ नम्बर वडाको मतगणनाका क्रममा एमाले र काँग्रेस कार्यकर्ताबीच विवाद भएपछि ९० वटा मतपत्र गन्नै नमिल्ने गरी च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा पक्राय परेका माओवादी केन्द्रका कार्यकर्ताहरु मधु न्यौपाने र द्रोणबाबु सिबाकोटी जनही एक लाख धरौटी बुझाएर अदालतको आदेशमा रिहा भइसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्