
गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको विषयमा निक्कै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् ।
आफ्नो पार्टीको चुनावी प्रचारप्रसार दाङ पुगेका मन्त्री शर्माले रोल्पाको थवाङमा विप्लव पनि चुनावमा सहभागी भएकाले उनीसँग चुनाव बिथोल्ने नैतिकता नभएको भाषण झारे । तर गृहमन्त्री शर्माले यो यो कुरा बुझेनन् की चुनाव लड्न राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्छ । चुनाव चिन्ह पाएको हुनुपर्छ । जुन मापदण्ड नेकपाले पुरा गरेको छैन किनकि उ यो स्थानीय चुनावको विपक्षमा उभिएको छ र यो चुनाव खारेजीको अभियान लिएर जनतामाझ पुगेको पनि छ । यी सबै कुरालाई भुसुक्कै बिर्सिएर शर्माले नेकपा महासचिवलाई भन्नुसम्म भने।
आफुलाई नेकपा समर्थक ठान्ने एक व्यक्तिले थवाङमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि नेपालका केहि बिग मिडिया हाउसहरुले ‘अन्ततः विप्लव पनि रोल्पामा चुनाव लड्दै’ शिर्षकमा समाचार भाइरल बनाएका थिए । तर त्यहि चुनाव खारेजी अभियानमा लागेको कम्युनिष्ट पार्टीले त्यसको केहि घण्टामै आफुले उम्मेदवारी दर्ता गराएको समाचार गलत भएको भन्दै खण्डन समेत गरेको थियो ।
रोल्पाको थवाङमा विप्लव पनि चुनावमा सहभागी हुनु सकारात्मक रहेको हावादारी गफ दिदै गृहमन्त्रीले भने – ‘विप्लवले निर्वाचन बिथोल्न अब नैतिकरुपमा मिल्दैन किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने यो हुन सक्दैन ।’ उनले भने ।
यता नेकपा एक पोलिटब्युरो सदस्यले अहिले चुनाव लड्ने पार्टीको कुनै आधिकारिक नीति या निर्णय नभएको प्रष्ट पारेका छन् । ‘हामिले अहिले चुनाव लड्ने नीति लिएको भए खारेज अभियानमा किन यति सक्रिय भएर लाग्थ्यौं त ? जुन चुनाव उचित छैन, ठिक छैन, यसले जनताको अधिकार सुनिश्चित गर्दैन यस्तो चुनावमा भाग लिने हाम्रो नीति भएको भए हाम्रा सयौं नेता कार्यकर्ता गिरफ्तार किन पर्नुहुन्थ्यो ? उनले इमान्दार मिडियासँग भने ।
गृहमन्त्रीको पद सम्हालेकै दिन नेकपा २ केन्द्रीय नेता गिरफ्तार गरेका गृहमन्त्रीले नेकपामाथि धरपकड तिब्र पारेका छन् । यसअघि रोल्पाका सेक्रेटरी जागृतले आफ्नो पार्टीले उम्मेदवारी नदिएको प्रष्ट पार्दै यस्तो बिज्ञप्ति समेत निकालेका थिए ।
विज्ञप्तिको पूर्णपाठः
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्ध जबरजस्त थोपरिएको चुनावी अभियानका विरुद्ध विभिन्न संघर्षमार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ । भारतीय साम्राज्यवादको नाङ्गगो दलाली गरिरहेको वर्तमान देउवा-प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जतताकाविरुद्ध दमन अभियान संचालन गरिरहेको छ ।
हाल हाम्रो पार्टीको तर्फबाट भन्दै उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीका नभइ दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्तिहरु हुन् । त्ससैले ती व्यक्तिहरुको नाम जोडेर नेकपाका उम्मेद्धार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो । दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न हामी यसै विज्ञप्ति मार्फत थबाङ्गी जनसमुदायलगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।
क्रान्तिकारी अभिबादनसहित
क.जागृती
जिल्ला सेक्रेटरी
रोल्पा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्