
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ललितपुरस्थित ब्ल्युबर्ड कलेजको क्यारिअर काउन्सिलिङ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कलेजले यस्ता अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमलाइ हरेक बर्ष आयोजना गर्दै निरन्तरता दिदै आइरहेको छ ।
कार्यक्रममा बोल्दै ब्ल्युबर्ड कलेजका सञ्चालक समिति अध्यक्ष श्रीजित श्रेष्ठले क्यारिएर काउन्सिलिङ्ग गरेका थिए । त्यस क्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुको सफल क्यारिअरका लागि ब्ल्युबर्ड कलेज उत्कृष्ट रहेको बताए । उनले अतिरिक्त क्रियाकलापमा देशकै मेरुदण्डका रुपमा आफुहरु अगाडी जान खोजेको समेत प्रष्ट पारे।
ब्लुबर्ड कलेजका विद्यार्थीले यो बर्ष प्लस टु साइन्स अन्तर्गत कक्षा ११ मा ८८.४ प्रसेन्ट ल्याएर नेपालको सेकेण्ड टपर भएका थिए । यस्तै ललितपुर सेकेण्ड प्लस २ म्यानेजमेन्टमा सागर नेपालले ७९.८ प्रसेन्ट ल्याएर राष्ट्रिय छबी बनाएका थिए । उक्त कलेजकि छात्रा असेना साक्यले मिस कलेज आइकन २०१७ जितेकी थिइन् ।

यस्तै नेशनल किक बक्सिङ्ग च्याम्पीयनमा पनि यहि कलेजका बिद्यार्थी सन्जिब शाहीले जित हात पारेका थिए। यस्तै टेबल टेनिशमा ललितपुर च्याम्पियनसिफ गर्ल्समा सबिना पाण्डे र सार्फ़ च्याम्पियनसिफमा पनी कृष्ण थपा उत्कृष्ट भएका थिए ।
उक्त कार्यक्रममा ९ सय जना बिद्यार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । बिगतमा पनि उक्त कलेजले चर्चित कलाकारहरु काली प्रसाद बास्कोटा धिरज राइसहितको सहभागितामा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरेको थियो ।

उदय शर्माले प्रेरक बक्ताको भूमिका निर्बाह गरेकाे उक्त कार्यक्रम ब्ल्युबर्ड एजुकेसन नेटवर्कको अयोजनामा क्रिष्टल पार्टी प्यालेस ललितपुरमा सम्पन्न भएको ब्लुबर्ड कलेजका प्रोग्राम डाइरेक्टर जितेन्द्र श्रेष्ठले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्