×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अच्चम ! फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले दीयो १ करोड ७४ लाख राहत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अच्चम ! फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले दीयो १ करोड ७४ लाख राहत !

Artha Sarokar

३ असार २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ। प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सवैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती पाएका छन। 
यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय राहात पाएका छन्। मन्त्रिपरिषदले बिशेष निर्णय गरेर राहात दिइएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन । 
यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन । रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए । 
नजिकको हकवाला भनेर लालबिर चौधरीकै नाममा एकाउण्ट पे चेक उपलब्ध गराएको प्रजिअ रिजालले बताए । उनको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो । 
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सुचीमा छन् । उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता गराइएको छ ।
इलाका प्रशासन कार्यालय टीकापुरमा पिडितलाई वोलाएर शुक्रवार राहात बितरण गरिएको हो । ८८ जना पीडित मध्य ४० जनालाई राहात बितरण गरि सकिएको प्रजिअ रिजालले बताए । वाँकी शनिवार बितरण गरिने उनको भनाई छ । ‘२१ महिनापछि हामी राहात बितरण गर्न सफल भएका छौं’उनले भने,‘सवैको सहयोगले संम्भव भएको हो ।’
८८ जनालाई १० करोड ७३ लाख रुपैया क्षतिपूर्ति वितरण गर्न लागिएको उनले बताए । शुक्रबारदेखि टीकापुरमा क्षतिपूर्ति वितरण गर्न थालिएको हो । ‘७ हजार २ सय देखि १ करोड ७४ लाखसम्म राहात उपलब्ध गराएका छौं’उनले भने,‘मन्त्रिपरिषदले विषेश निर्णय गरेर यती ठूलो रकम राहात उपलब्ध गराइएको हो ।’ सवैलाई एकाउण्ट पे चेक उपलब्ध गराइएको उनले बताए ।
थरुहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए । आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो ।
कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहट पक्षले प्रशासनद्वारा निशेधित एरिया टिकापुरमा प्रवेश गर्न रोक लगाउन खटिएका सुरक्षाकर्मीलाई भाला र घरेलु हतियार प्रयोग गरि हत्या गरिएको थियो । 
सरकारले घटनामा मारिएकालाई सहिद घोषणा गर्दै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिएको थियो । 
त्यसको दोश्रो दिन भदौ ८ गते कफ्र्यु लगाएका वेला आक्रोशित महिला सहितको एक समूहले आगजनी र तोडफोड गरेको थियो । आगजनी र तोडफोडको घटनालाई महत्व नदिएको भन्दै थारु पक्षधरले बिरोध गर्दै आएका थिए।
नागरिक न्युजबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी