×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अख्तियारले समाएपछि पटक- पटक किन दुख्यो चुडामणिको पेट ? यस्तो छ पेट दुखाइ र अख्तियारको बयानको भित्री कथा !

काठमाडौँ – अकुत सम्पत्ति कामाएको भन्दै अख्तियारले पक्राउ गरेका चुडामणि शर्मालाई चौथो पटक अस्पताल पुर्याइएको छ । शर्मालाई थुनेर बयान लिने भन्ने जानकारी पाएलगत्तै आफुलाई पेट दुखेको भन्दै उनले आफुलाई अस्पताल लैजान आग्रह गरेका थिए । शुक्रबार एक पटक अस्पताल पुर्याएर ल्याइएका उनलाई पुन: बयानका लागि तयार हुन भनेपछि उनले फेरी आफ्नो पेट दुखेको भन्दै अस्पताल पुर्याउन आग्रह गरेका थिए ।

बयान लिने भन्ने बितिकै किन दुख्यो चुडामणिको पेट !
आफुलाई निजी अस्पताल लैजान शर्माले पटक- पटक आग्रह गरेपनि उनलाई बीर अस्पताल पुर्याईएको थियो । उपचारका क्रममा उनको पेटमा केहि पनि खराबी नदेखिएको तर ब्लड प्रेसर भने बढेको पाइएको स्रोतको भनाइ छ । सोमबार पनि बयान लिने भनेपछि उनले आफ्नो पेट पुन: दुखेको भन्दै अस्पताल पुर्याउन आग्रह गरेका थिए। पेट दुखेको भनेपनि अस्पताल पुर्याउंदा गाडीमा उनी निकै हर्षित मुद्रामा देखिएको प्रत्यक्षदर्शी र उक्त दृश्य देखेका केहि पत्रकारहरुको भनाइ छ । उनलार्इ सोमबार तीन बजे वीर अस्पताल पुर्याएको थियो । यता अख्तियारको फन्दामा परेपछि शर्माले विरामीको बहाना बनाएर अनुसन्धानलार्इ प्रभावित बनाउन खोजेको शंकासमेत गरिएको छ । ‘यहि शंका भएकाले उनलाई निजी अस्पतालमा नलगिएको हो । बयान लिने भन्ने बितिकै उनले आफुलाई पेट दुख्न थालेको बताउने गरेका छन् ।

चुडामणिनै गर्थे यस्तो ठट्टा !
चुडामणि शर्माले विभिन्न कोचीङ सेन्टरहरुमा लोकसेवाका विद्यार्थीहरुलाई पढाउने गरेका थिए । यसैक्रममा उनले केहि विद्यार्थीहरुलाई कक्षमा अख्तियारले समायो भने पेट दुख्यो भनेर अस्पताल जानुपर्छ भन्दै हसाउने गरेको उनका एक विद्यार्थीले अर्थ सरोकार डटकमसँग भने । ‘उनको यो रमाइलो भनाइको खुब चर्चा गर्थ्यौं हामी । सर समातिएपछी अव यिनको पनि पेट दुख्ने भो भन्दै हामीले ठट्टापनि गर्ने गरेका थियौं । नभन्दै उनको पेट दुखेछ ।’ आफुले शर्माको क्लास लिएको बताउने ती विद्यार्थीले अर्थ सरोकारसँग भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: