
सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।
यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् ।
स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले भने, ‘संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक औपचारिक (लिखित) प्रस्तावसमेत पठाएका छौं ।’
चुनावक्रममा मधेसवादी दलबीच अलगाववादी नेता राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिस्पर्धा नै रहेको सम्बद्ध स्रोतले बताएको छ । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले बताए। ‘हामीले राजपासँग तपाईंहरू मधेसको मुद्दामा क्लियर भएर आउनुहोस्, हामी एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरू सत्तास्वार्थका कारण क्लियर हुनुहुन्न,’ उनले भने।
एक प्रश्नको उत्तरमा महतोले राजपा मात्र नभई फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा जन्मनुभन्दा अघि राजपासम्बद्ध ६ मधेसवादी दललाई समेत पद र पैसा त्यागी स्वतन्त्र भएर मधेसको मुद्दामा सहकार्य गर्न आग्रह गरेको जानकारी दिए। महतोले भने, ‘मधेसवादी दलले सत्ता र पैसाको मोहमा हामीलाई स्पष्ट जवाफ दिन सकेका छैनन् । उनीहरू राज्य लिएर देश लिने भन्छन्, हामी राज्य होइन, देश नै लिनुपर्छ भन्छौं ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्