
अर्घाखाँची । अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस हुने सहमति अनुसार उम्मेदवारी दर्ता गरेर यी दुवै पार्टीले निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
तर, चारै तहमध्ये मालारानी गाउँपालिकामा भने कांग्रेस र माओवादीबीच गज्जबको तालमेल भएको छ । प्रमुखमा माओवादीबाट पदम क्षेत्री र उपप्रमुखमा कांग्रेसबाट शान्ता खनाल संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
प्रमुख र उपप्रमुख मात्र होइन, वडा तहमा पनि कांग्रेस र माओवादी एक भएर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छन् । ९ वटा वडा रहेको मालारानी गाउँपालिकामा तीन वडामा कांग्रेसको चुनाव चिह्न रुख र ६ वडामा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हथौडामा चुनाव लडेका छन् । अन्नपूर्ण पोस्टबाटमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्