
- दिया चन्द
नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक बैठकमा हस्तक्षेप गर्दै प्रहरीले ३ केन्द्रीय नेतासहित १ दर्जन कार्यकर्तालाई गिरफ्तार गरेको छ । बैठकबाट नेकपाका राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, केन्द्रीय सदस्यहरु बन्धु चन्द, असल क्षेत्रिसहति एक दर्जन जिल्ला सदस्यहरुलाई गिरफ्तार गरेको हो ।
मंगलबार (आज) प्यूठान जिल्ला पार्टीको आन्तरिक वैठक बसिरहेका बेला चारैतिरबाट घेरा हालेर संकटकालको झल्को दिनेगरी प्रहरीले नेताहरुलाई गिरफ्तार गरेको नेकपा पोलिटब्युरो सदस्य भरत बमले बताए । पक्राउ पर्नेहरुमा प्यूठान जिल्ला सेक्रेटरी दधिराम सुवेदीसहित अन्य १४ जना रहेका छन् ।
त्यस्तै उता रोल्पबाट पनि मंगलबार नै नेपाल कम्युनिस्ट पार्टी निकट कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । साँस्कृतिक कार्यक्रम सकेर फर्कदै गरेका कलाकारहरु रोल्पको इरिबाङस्थित तिराम गाबिसको तिन दमारे गाउँपालिकाबाट गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा दुईखोली गाउँपालिका–३ इरिबाङका रोशनी डाँगी, तारा परियार, सोही टोलीमा सहभागी सुनछहरी गाउँपालिका–५ का कृष्ण पुन, समिर पुन, ज्योती पुन मगर रोल्पा नगरपालिका–६ का वीरेन्द्र पुन, भूमि गाउँपालिका–९ की श्रृष्टिना पुन, लुङ्ग्री गाउँपालिका–१ की मञ्जु घर्ती, त्रिवेणी गाउँपालिका– ६ की प्रभा खड्का र बिना पुनलगायत कलाकाहरु छन्।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रीको पदभार सम्हालेकै दिन प्रहरीले कम्युनिष्ट पार्टीमाथि व्यापक धरपकड बढाएको देखिएको छ ।
चुनावको नाममा राप्ती क्षेत्रमा मंगलबार भएको प्रहरी मदन कम्युनिष्ट पार्टी र प्रभाकरबीच एक अर्काप्रति आक्रोसित बनाउने उद्देश्यका साथ त भएको होइन ? भन्ने बहस सत्ताधारी र विद्रोही माओवादीहरुबी चर्चा हुन थालेको छ ।
यसअघिका गृहमन्त्री विमलेन्द्र निधिले दुई माओवादीलाई लडाउन नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्न लगाएको माओवादी केन्द्रका नेताहरुले आरोप लगाएका थिए । स्थानीय चुनाव खारेजी अभियानमा लागेको नेकपाका सयौं नेता कार्यकर्ता प्रहरी हिरासतमा छन् । निवर्तमान गृहमन्त्री निधिले विप्लवका कार्यकर्तालाई देख्नेबित्तिकै समात्न प्रहरी प्रशासनलाई कडा निर्देशन नै दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्