
इटहरी । दोश्रो चरणको स्थानीय तह निर्वाचन नजिकै जाँदा विभन्न राजनीतिक दलले स्थानीय व्यापारीहरुसंग ब्यापक चन्दा असुल्न थालेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय चुनावको खर्चका लागि भन्दै चिट्ठीमा रकम तोकेरै ईटहरीका विभिन्न व्यापारीहरुसंग चन्दा उठाउन सुरु गरेको छ।
केही दिन अघिको मितीमा एमाले इटहरी उपमहानगरको लेटरप्याडमा जारी गरिएको एक पत्रमा इटहरीस्थित
टिम्बर इण्डिस्ट्रिज प्रालिसँग १ लाख २५ हजार र जानकी राईस मिल खनारलाई ५१ हजार माग गरेको भेटिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)इटहरी कमिटीको आधिकारिक लेटरप्याडमा यस्तो पत्र लेखि व्यापारीलाई यसरी रकम तोकेरै चन्दा माग गरिएपछि “एमालेको चन्दा आतंक” भन्दै सामाजिक संजालमा ब्यापक बिरोध सुरु भएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुबाट एमाले इटहरी उपमहानगर कमिटिले चन्दा माग गरेको चिट्ठी भेटिएको हो । यसरी चन्दा माग्नु निर्वाचन आचार संहिता विपरीत हुन्छ । नेकपा एमाले इटहरीका अध्यक्ष रेवती घिमिरेले भने स्वेच्छाले आर्थिक सहयोग दिए लिने तर आफुहरुले त्यसरी जबर्जस्ती चन्दा नलिने वताएका छन् ।
यता निर्वाचन कार्यालय सुनसरीका प्रमुख जानकी कर्णले पत्र नै काटेर ब्यापारीलाई चन्दा माग्न आचारसंहिता विपरीत भएको बताए । यसरी चन्दा मागेको उजुरी परे ६ महिना कैद, नोमिनेसन बदर र एक लाख रुपैयाँसम्म जरिवना हुन सक्ने कानुनी व्यवस्था छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्