Skip to content
LAXMI SUNRISE BANK

भरतपुरको पुन:मतदानमा एमालेले भाग नलिने, देवी ज्ञवालीलाई मेयर घोषणा गर्ने तयारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – निर्वाचन आयोगले भरतपुरमा पुन: मतदान गर्ने भएपछि एमालेले उक्त मतदानमा भाग नलिने बताएको छ । एमाले स्थायी समितिको शनिबारको बैठकले निर्वाचनमा सहभागी नभई प्रतिवाद गर्ने निर्णय गरेको हो । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले भने, ‘हामी पुन: मतदानमा भाग लिंदैनौं ! देवी ज्ञवालीलाइ मेयर घोषणा गर्छौं ।’ 
भरतपुरको मतगणनाका क्रममा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना स्थलको अनधिकृत रुपमा कब्जा भएको भन्ने पुष्टि हुन आएकाले १९ नम्बर वडाको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी उक्त स्थानमा पुनः मतगणना गर्ने निर्णय गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK