
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले आज छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ ।
त्यसैगरी चिनियाँ राजदूत होङसँग पनि दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारले जनाएको छ ।
देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो भेट हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्