×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’

Artha Sarokar

१० असार २०७४, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

मटेला (डडेल्धुरा) : प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै हुनुहुन्थ्यो । डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नंं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै हुनुहुन्थ्यो । यो वडामा २ हजार ८ मतदाता छन् । आजको अन्नपूर्ण पोस्टमा पहिलो पृष्ठमा यो खबर छ । साविकको आसखर्क गाविस अहिले गाउँपालिका भइसकेको छ । यही आसखर्क गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त भने त्यहीँ बस्छन् ।
माओवादीका उम्मेदवार भण्डारीले मतदाताको हिसाब गर्दा आफंैले जित्ने आँकडा पाउनुभयो । नजिकैका अर्का एकजनाले जवाफ फर्काए ‘लौ अब किन प्रचार गर्नुप¥यो र, तमिले जितिगयौ’, भण्डारी मुस्कुराउनुभयो । त्यही बगलमा लठ्ठी टेक्दै एक वृद्ध मिसिन आइपुग्नुभयो । उहाँ देउवाका आफन्ती भाइ, धर्मसिंह देउवा हुनुहुन्थ्यो । चियापसलमै गफिइरहेका एकजनाले जिस्क्याउनुभयो ‘च्या खान्या हो, माउवादीको….? ‘ देउवाले जवाफ फर्काउनुभयो ‘च्या पनि माओवादी र कांग्रेसको होला र ? , त्यो ता भोटका बेला मात्रै हो ।’ प्रधानमन्त्रीको घर कहाँनेर त ? प्रश्न खस्न नपाउँदै देउवाले भण्डारीतिर औंलो देखाएर भन्नुभयो ‘त्यहाँ थियो, माओवादीले जलाइदिए…’ भण्डारी मुस्काइरहनुभएको थियो । नाताले भाइभाइका छोरा पर्ने धर्मसिंह देउवाले आफ्ना भाइ शेरबहादुर देउवालाई दुई महिनाअघि मात्रै काठमाडौंमै भेट्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री हुनुभयो ।
धर्मसिंह पनि ०२६ सालदेखि ०३६ सालसम्म लगातार दुईपटक गाउँका प्रधानपञ्च थिए । ०३६ सालमा भएको जनमतसंग्रहका बेला उहाँले राजीनामा दिनुभयो । त्यसपछि ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका तर्फबाट उहाँ सभामुख पनि हुनुभएको थियो । देउवाको गाउँमा अहिलेसम्म कांग्रेसले हारेको छैन । त्यसैले पनि चुनाव जित्नेमा ढुक्क छन् कांग्रेसी । यो वडाबाट कांग्रेसका प्रत्याशी अध्यक्ष चेतराज भट्ट भन्नुहुन्छ, ‘संगठन पहिलादेखि नै बलियो हो, हामीले जित्छौं हामीले हार्ने चान्सै छैन ।’ उहाँसँग एमालेका रामचन्द्र जैशी र माओवादीका विक्रमबहादुर देउवा चुनावमा भिड्दै हुनुहुन्छ । विक्रम शेरबहादुरकै काकाका छोरा हुन् ।
बीस वर्ष अघिको चुनाव सम्झिँदै शेरबहादुरका भाइ धर्मराज भन्नुहुन्छ, ‘२० वर्षपछि यो बुढ्यौलीमा फेरि भोट हाल्न पाइने भो, त्यो चुनाव र यो चुनावमा हेर्दा जना धेरै बाठा भइसक्याछन् ।’ त्यहीबेला एक हुल महिला रोपाइँ सकेर फर्कंदै थिए । महिला मतदाता पनि कम देखिएनन् । उनीहरूलाई चुनावले त उत्साहित गराएको छ नै त्यसमा पनि प्रधानमन्त्रीको गाउँका महिला, अलि सचेत नै देखिए । एकजना महिला कमली सार्की भन्नुहुन्छ, ‘अब ता पैलाजस्तो काँ हुन्छ र, भोट त राजेर हाल्न्या हो, अरूले भन्ने हुन्न ।’ पहिलाजस्तो गाउँको वा घरको नेताले भनेर अब भोट नहाल्ने उहाँको भनाइ थियो । ‘टाइम त फेरियो नि, यी अब प्रधानमन्त्रीसँगै भोट हाल्न पाइने भो ।’ प्रधानमन्त्रीले गाउँकै आसखर्क उच्च माविको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । त्यसका लागि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित शनिबार डडेल्धुरा आइपुग्ने कार्यक्रम छ । शनिबार दिउँसो जोगबुढाको परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गरेपछि उहाँ सदरमुकाम अमरगढी बस्नुहुनेछ ।
केही दिन पार्टीका कार्यकर्ता भेटघाटलगायत अन्य कार्यक्रममा व्यस्त रहने देउवा १४ गते आफ्नै टोलको मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री भोट हाल्न गाउँ आउने भएपछि सदरमुकामदेखि उहाँको गाउँसम्म जाने बाटोमा डोजर लगाउने तयारी भएको छ । हिउँदको बेलामा दिनको एक समय जिप मात्रै चल्नसक्ने उहाँको गाउँको बाटोमा वर्षायाममा गाडी चल्न सक्दैन । अहिले पनि बाटो केही बिग्रिसकेको छ।
देउवाको पुख्र्यौली घरको खोलापारि जाने त झन् बाटो पनि छैन । एउटा सानो झोलुंगे पुल बनेपछि बल्ल त्यहाँ जान सजिलो भएको छ । चार÷चार पटक प्रधानमन्त्री भइसकेका देउवाको आफ्नै गाउँको बाटो किन यस्तो त ? दुईपटकसम्म प्रधानपञ्च भइसकेका उहाँका भाइ धर्मसिंह भन्नुहुन्छ, ‘ऊ त सानैबाट देशको अनि सारा देशका जनताको विकास हेर्ने भैगो, अब गाउँको विकास त हाम्ले गर्ने हो ।’ घरका महिलाजति सबै रोपाइँमा व्यस्त छन् । युवाहरू आफू समर्थक पार्टीको चुनावी प्रचारमा टाढाटाढा गाउँगाउँ पुगेका छन् । त्यसैले देउवाको टोल अहिले सुनसानजस्तै छ । वरिपरिका घरहरू ठडिएका छन् । तर, देउवा जन्मिएको घर भने युद्धकालमै माओवादीले ध्वस्त पारिदिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी