
काठमाडौं । काठमाडौंमा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिएका छन् ।
रुघाखोकी, ज्वरो तथा स्वास फेर्नमा कठिनाई भएपछि उनी अस्पताल भर्ना भएपछि स्वाइन फ्लू हो कि भन्ने शंका लागेर रक्त परीक्षण गर्दा पुष्टि भएकाले तत्काल अस्पताल भर्ना गरिएको हो डा. पुनले बताए ।
डा. पुनले भने – ‘स्वाइन फ्लूकै संक्रमणका कारण यस वर्ष अस्पताल नै भर्ना भएकी उनी दोश्रो व्यक्ति हुन् भने यस मौसममा पहिलो ।’ यसअघि गत वैशाखमा स्वाइन फ्लूको संक्रमणकै कारण ३० वर्षीय एक पुरुष अस्पताल भर्ना भएका थिए ।
पहिलो पटक विश्वमा सन् २००९मा देखिएको यो रोग सुंगुरबाट मानिसमा सर्ने हुदाँ यसलाई स्वाइन फ्लु भनिएको चिकित्सकहरुको भनाई छ । स्वाइनूफ्लुलाई एच्वान् एन् वान् भाइरस पनि भन्ने गरिन्छ ।
खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आएमा, बालबालिकामा ज्वरोसँगै वान्ता हनुे, पखाला लागेमा तत्काल स्वास्थ्य चौकी गएर जचाउन डाक्टरहरुले सुझाव दिएका छन् ।
त्यस्तै, स्वाइन फ्लु सरुवा रोग भएको हुदाँ कुनै पनि व्यक्ति सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउन, खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्न, साबुन पानीले राम्ररी हातमुख धुन, झोलिलो खानेकुराको सेवन बढी मात्रामा गर्न र स्वाइन फ्लूको शंका लागेमा तत्काल स्वास्थ्य परिक्षण गराउन चिकित्सकहरुकाे सुझाव छ ।
लापरबाही गरे यो रोगले महामारी फैलनसक्ने भन्दै सचेत रहन डाक्टरहरुले चेतावनी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्