
“विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन । जे छ, त्यो देखाइदिई हाल्छ । कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ । सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ?”
यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालको हो । “अदालतले कतिपय मुद्दा र व्यक्तिले शङ्काकै भरमा डीएनए गराउनुपर्छ भन्ने छैन । परीक्षणको नजिता र त्यसको असर अर्कै हुनसक्छ”, उहाँ भन्नुहुन्छ । आजको गोरखापत्रमा यो खबर छ ।
कार्यकारी निर्देशक रिजाल नेपाली सामाजिक संरचना फरक खालको भएको बताउनुहुन्छ । उहाँ मिलेर बसेको समाज र परिवारमा विशेष परिस्थितिबाहेक डीएनएको पछि लाग्न नहुने जिकिर गर्नुहुन्छ । “कहिलेकाहीँ त बच्चा लिएर बाबु वा आमा आउँछन् र लौ यो बच्चाको डीएनए गर्नुप¥यो, यो मेरो छोरा वा छोरी हो÷होइन ? भन्छन् । त्यो बच्चा उनीहरूको सन्तान ठहरिएन भने के हुन्छ”, रिजाल भन्नुहुन्छ, “जसरी समाजमा धर्मपुत्र वा पुत्रीका रूपमा अर्काको सन्तान राख्ने चलन छ । अभिभावकको मृत्युपछि तिनले डीएनए गराए भने के होला ?”
विधि विज्ञान प्रयोगशालामा यस्तो एक जोडी चार जना बच्चा लिएर आए । रिजालका अनुसार ती बच्चाको डीएनए परीक्षण गरी हेर्दा चार जनामध्ये दुई जना बच्चा दुवै जनाको ठहर भयो भने अन्य एक जना बाबु फरक र एक जना बाबुआमा दुवै फरक देखियो र त्यसले आश्चर्य बनायो ।
कार्यकारी निर्देशक रिजालले जोडीलाई सोध्नुभयो, किन यस्तो भयो ? के यो कुरा ती आमाबुवालाई थाहा थियो । त्यो जोडीले यो कुरा आफूहरूलाई थाहा भएको, डीएनए परीक्षण सही भएको र परीक्षणबाट आएको नतिजाप्रति सन्तुष्ट भएको बतायो ।
किन यस्तो भयो ? भन्दा त्यो जोडीले पछिमात्र कुरा खोल्यो । खासमा चार जना बच्चामध्ये दुई जना उनीहरू दुवैको थियो । श्रीमान् भारतमा रोजगारीको सिलसिलामा रहँदा ती महिला यौन दुव्र्यवहारको सिकार भएकी रहिछन् । त्यति बेला उनको गर्भमा बच्चा बसेछ । श्रीमान् फर्केपछि ती महिलाले सबै कुरा सुनाइन् । श्रीमान्ले जे हुनु भइगयो, गर्भमा रहेको बच्चालाई स्वीकार्ने वचन दिएछन् । अर्को बच्चा जो दुवै जनाको देखिएन, त्यो बच्चा नातेदारको रहेछ । भतिजाको एक जना युवतीसँग बिहेपूर्व बसउठ रहेछ । ती युवतीबाट जन्मेको बच्चालाई ती महिलाले आफ्नो सन्तानजसरी हुर्काएकी रहिछन् ।
“मानाँै, ३०÷४० वर्षपछि ती बच्चाहरू डीएनएका लागि आए भने के जवाफ दिने ? विज्ञानले यस्तो अवस्थामा के कसरी न्याय दिन सक्छ ?”, रिजाल प्रश्न गर्नुहुन्छ । अदालतको पछिल्लो निर्णय डीएनएको नतिजाविपरीत गयो भन्ने कुरा मलाई पनि धेरैले सुनाए तर अदालतले जे ग¥यो त्यो सही ग¥यो । म अदालतको निर्णयलाई हार्दिकताका साथ स्वागत गर्छु”, कार्यकारी निर्देशक रिजालको भनाइ छ ।
उहाँले कुनै बेला प्रयोगशालामा काम गर्ने वैज्ञानिकसमेत समेत अप्ठ्यारोमा पर्ने गरेको बताउनुभयो । रिजाल भन्नुहुन्छ, “विज्ञानले जे छ, त्यो देखाइहाल्छ । तर, हाम्रो समाज अलिक बेग्लै छ । खासगरी नाता प्रमाणितका लागि गरिने डीएनए परीक्षण विशेष परिस्थितिमा बाहेक अरू अवस्थामा नगराए हुन्थ्योजस्तो लाग्छ । ”
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारमा क्लिनिकल टक्सिकोलोजी, टक्सिकोलोजी, केमेस्ट्री, लागूपदार्थ, सिरोलोजी, बायोलोजी, वन्यजन्तु, डीएन, ब्यालेस्टिक्स, क्रिमिनालिस्टिक्स, विवादित प्रलेख आदि विभिन्न विषयसँग सम्बन्धित नमुनाहरूको परीक्षण तथा विश्लेषण सेवा उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्