
काठमाडौं । सप्तरीका अस्रंभ साह ७ बर्ष अगाडी वैदेशिक रोजगारको लागी दुबई पुगे । दुबई पुगेर केही बर्ष मजदुरी गरेका साह एका एक साहिल साहको नामबाट कुख्यात बन्न पुगे ।
वैदेशिक रोजगारी र भ्रमणको लागि विदेश पुगेका नेपाली युवालाई नै ठगी गरेर साहिल दुबईमा बिलासिताको जिन्दगी जिउन थाले । मजदुरी छाडेर अहिले साहिल रोजगारी र भ्रमणमा दुर्बइको आवुधाबी पुगेका नेपाली र भारतीय युवालाई योजनाबद्ध तरीकाबाट ठगी गर्दै आएको प्रमाण जनप्रहारले प्राप्त गरेको छ ।
एक कम्पनीमा काम गरीरहेका व्यक्तिलाई अर्को कम्पनीमा राम्रो र बढी तलब दिलाईने नाटक रच्दै साहिलको समूहले सोझा सिधा युवालाई ठगी गर्न थालेको छ भने भ्रमणमा दुबई पुगेकालाई पनि जागिर लगाई दिने भन्दै ठगी गर्न थालेका छन् । स्रोतका अनुसार साहिल त्यहाँका डनका रूपमा चिनिएका मुन्ना भाईको शरणमा छन् । मुन्ना भाईको शरणमा बसेका कारण उनी पीडितको पन्जाबाट बचिराखेका छन् ।
वैदेशिक रोजगारको लागी दुबई पुगेका अन्यलाई आफ्नो शिकार बनाउँदै आएका छन् । स्रोतका अनुसार साहिलले सयौंलाई ठगी गरेका छन् ठगीबाट असुलेको रकमले उनी दुबइएमा बिलासिताको जिन्दगीमा रमाउँदै आएका छन् । -जनप्रहार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्