×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचन सुरक्षा रणनीति : ‘राजपाको जस्तो व्यवहार उस्तै कारबाही’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

निर्वाचन सुरक्षा रणनीति : ‘राजपाको जस्तो व्यवहार उस्तै कारबाही’

Artha Sarokar

२९ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तह निर्वाचन र दल दर्तासम्बन्धी ऐन संशोधन तथा स्थानीय तह संख्या थप्ने निर्णयविरुद्धको रिट निष्क्रिय पार्न निवेदन दर्ता गराए पनि उसले निर्वाचन बिथोल्न आन्दोलन घोषणा गरेको छ ।
त्यसैले गृहले राजपा सहभागी नहुँदा अपनाउने सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ । आजको नागरिकमा यो खबर छ ।
दलको कार्यक्रममा हस्तक्षेप गर्दा झडपका घटना बढ्ने र निर्वाचन अधिकृतका कार्यालय, निर्वाचनमा सहभागी दल र उम्मेदवारको निवासमा आक्रमण हुन सक्ने पूर्वआंकलन अनुसार गृहले सम्बन्धित जिल्लामा सोही अनुसारको सुरक्षाकर्मी परिचालन र निगरानी राख्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भने, ‘निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षामा कसैसँग सम्झौता गर्नुपर्ने अवस्था छैन । जस्तोसुकै परिस्थिति आए पनि सामना गरेर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न तयारी अवस्थामा छौं ।’
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी