×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : नेपाली नागरिकलाई अपहरण गरी भाग्ने क्रममा ५ भारतीय प्रहरी डोटीबाट पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

EXCLUSIVE : नेपाली नागरिकलाई अपहरण गरी भाग्ने क्रममा ५ भारतीय प्रहरी डोटीबाट पक्राउ !

Artha Sarokar

१९ जेष्ठ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

बुधबार मध्यराति डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडाका लाल आउजीलाई अपहरण गरेर भाग्ने क्रममा पक्राउ परेका भारतीय डिएसपी नागराजको समूहलाई महाकाली अञ्चल प्रहरी कार्यालय पठाइएको छ ।सुरक्षा श्रोतका अनुसार प्रहरीको नियन्त्रणमा रहेका भारतीय डिएसपी नागराजसहित ५ जनाको समूहलाई विशेष सुरक्षा सहित बिहीबार राति महाकाली अञ्चल प्रहरी कार्यालयमा पठाइएको हो ।

प्राप्त जानकारी अनुसार सुरक्षा सम्बन्धी केन्द्रीय निर्देशन अनुसार डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्ट स्वयंसहितको सुरक्षामा उनीहरूलाई कञ्चनपुर पठाइएको र उतैबाट भारतलाई बुझाइनेछ । भारतीय डिएसपीसँग गाईडका रुपमा आएका डोटी लडागडाकै प्रसाद पार्की र अपहरण हुन लागेका लालबहादुर आउजी भने जिप्रका डोटीमै छन् । उनीहरूलाई छानविन गरेर रिहाइ गरिनेछ ।
अपहरणकारीले प्रयोग गरेको नेपाली नम्बर प्लेटको गाडी र गाडी चालक राजेश बागचनलाई पनि सँगै लगिएको छ ।भारतको कर्नाटकको एक बैंकमा करिब ९ महिना पहिले लालबहादुर आउजीले चोरी गरेको आरोपमा भारतीय प्रहरीहरू सिभिलमा डोटी पुगेको स्रोतको भनाइ छ । मजदुरीका लागि भारत गएका लालबहादुर करिब ९ महिना पहिले भारतबाट नेपाल फर्केर हाल गाउँमै बस्दै आएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी