×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंक र युएई एक्सचेन्ज सहकार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आईएमई बैंक र युएई एक्सचेन्ज सहकार्य

Artha Sarokar

२९ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं-ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको जनाएको छ ।
युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिट मार्फत पठाएको पैसा छिटोछरितो र सहजरुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आइएमई रेमिट्यान्स वेष्ट रेमिट एण्ड एस रेमिटका हजार भन्दा बढि एजेन्टबाट तत्काल भुक्तानी लिन सकिनेछ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी