- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सयले बढेर ५५ हजार ६ सयमा मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४७ हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ।