- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भैरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ५४ हजार ५ सय मुल्यमा कारोबार भएको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ पाँच रुपैयाँ कायम गरेको छ।