- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर छ । सोमबार प्रति तोला ५४ हजार ८ सय कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ पाँच पैसा कायम गरेको छ।