- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बुधबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ८ सय कारोबार भएको छापावाला सुन आज १ सयले घटेर ५४ हजार ७ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको स्थिर रहेर मूल्य ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ पाँच पैसा कायम गरेको छ।