- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शनिबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भैरहेको छापावाला सुन आज मूल्य २ सयले घटेर ५४ हजार ५ सयमा करोबार भएको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।