- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर ५५ हजार ४ सयमा मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ पाँच पैसा कायम गरेको छ।