Skip to content
LAXMI SUNRISE BANK

मध्यरातमा पूर्वराजा ज्ञानेन्द्र शाहले बन सुँगुर काटेपछि नाती…

अर्थ सरोकार

केहि दिन अगाडीको कुरा पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यरातमा बन सुँगुर काटेपछि नाति हृ्रदयन्द्र अनौठो मान्दै हेरिरहे । काठमाडौंबाट कुलपुजाका लागि स्याङ्जाको वालिङ पुगेको पूर्व राजपरिवारले मध्यरातमा आलमदेवीको पुजा गरेको निर्मल निवास निकट सुत्रले जनाएको छ । सुत्रका अनुसार आलम देवीको मन्दिरमा गरिएको कुल पुजामा आठ जना मगर पुजारीहरु थिए ।
त्यसमध्य प्रमुख पुजारी दुधेदाँत नझरेका एक जना कुमार मगर थिए । पुजाको चौबिसघण्टा अघिदेखी नै आठै जना मगर पुजारीहरु निरहार बसेका थिए । नारायणहिटी दरबार छोडेपछि पूर्व राजपरिवारले १२ बर्ष पछि पहिलो पटक कुल पुजा गरेको हो ।गोर्खाली शाहवंशको कुल पुजामा बन सुँगुर (बँदेल) बलि दिने चलन छ । खासगरि सिंह,बँदेल जस्ता बलिया हिंस्रक जनावरहरुलाई सामान्य मठ मन्दिरमा वलि दिइदैन । अन्य मठ मन्दिरहरुमा घरपालुवा जनावरहरुको मात्रै वलि दिइने गरिन्छ ।
यस कुल पुजाको मध्यरातको एउटा रोचक घटना के भने प्राय परिवारबाट अलग बस्दै आएका पूर्व युवराज पारस शाह पनि अचानक वालिङको आलमदेवी मन्दिर पुगे त्यहाँ केहिबेर पिता ज्ञानेन्द्र र छोरा पारस बीच छोटो वार्तालाप पनि भयो । सुत्रका अनुसार उनलाई त्यहाँ लैजान र ल्याउने काम एउटा निजी हेलिकप्टरले गरेको थियो ।
वालिङको कुल पुजा पछि ज्ञानेन्द्र र पारश शाह काठमाडौं फर्किएको र हिमानी शाह गोर्खा लमजुङ तनहुँ हुँदै मुक्तिनाथ गएको वताइएको छ । हिमानीले तनहुँको व्याँसगुफा र ढोरबाराहीको धार्मिक यात्रा विहिवार सकेको जनाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK