
हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ । पोल्यान्डमा हुने आगामी १४१ औँ महासभाले खतरामा राख्ने सम्भावना रहेको पुरातत्व विभागका अधिकारीहरूले बताएका छन् । आजको गोरखापत्रमा खबर छ ।
भूकम्पका कारण हनुमानढोका दरबारका धेरै ऐतिहासिक दरबार र मठमन्दिर पूर्ण वा आंशिक क्षति भएका छन् । ती मठमन्दिर पुनःनिर्माणको गति सुस्त छ ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल यस्ता सम्पदा खतराको सूचीमा पर्नु राम्रो नभए पनि भत्किएका सम्पदाहरूलाई छिटो निर्माण गर्न नेपाल लगायत विश्वलाई नै दबाब सिर्जना गर्ने भएकाले नेपालका लागि सकारात्मक नै हुने धारणा राख्छन् ।
वसन्तपुर क्षेत्रमा भूकम्पले क्षति पुराएका सम्पदा निर्माणका लागि विभिन्न मुलुकले जिम्मा लिएका छन् । त्यस क्षेत्रमा अमेरिकी राजदूत कोष (एम्बेस्डर फन्ड), चीन र जापानले विभिन्न मन्दिरको पुनःनिर्माणका लागि काम गरिरहेका छन् ।
यसैबीच, जर्मनी सरकारले पनि भूकम्पका कारण क्षति भएका सम्पदा निर्माणमा गरिदिने इच्छा व्यक्त गरे पनि कुन मन्दिर निर्माण गरिदिने भन्ने निर्णय भएको छैन । पुरातत्व विभागले जर्मनीलाई टेकु दोभानका भत्किएका सम्पदा निर्माण गरिदिन आग्रह गरे पनि उसको पहिलो चाहना भने भक्तपुरका सम्पदामा रहेको पुरात्व विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्