काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बिभिन्न बहानामा स्थानीयलाई दुख दिदै आएका एकजना दलाललाई जनताले जनकारवाही गरेको भन्दै समर्थन गरेको छ ।
कम्युनिष्ट पार्टी ललितपुरले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै जनताका घरवास नै खाइदिने, अनावश्यक दुख दिने, झुट्टा मुद्दामा फसाउने, किर्ते चेक बनाएर ऋण लिएको प्रमाण बनाउने र पैसाको निम्ति कालो धन्दा गर्दै हिड्ने लगायतका खराब कार्य गर्दै आएको भन्दै जनताले पार्टीमा उजुरी दिएपछि हरि बहादुर बिष्टलाई जनताले नै जनकारवाही गरेको जनाएको छ ।
‘मुद्दाका प्रकृति केलाउदा निश्चित खराबभन्दा पनि खराब व्यक्तिद्वारा सडयन्त्रपूर्ण ढंगले सोझा-सिधा जनताका घरवास नै खाइदिने, अनावश्यक दुख दिने, झुट्टा मुद्दामा फसाउने, किर्ते चेक बनाएर ऋण लिएको प्रमाण बनाउने र पैसाको निम्ति कालो धन्दा गर्दै हिड्ने लगाएतका कुकार्य गर्ने जनक बिष्ट भन्ने व्यक्तिले आफ्ना भाडाका लठैतहरु हरि बहादुर बिष्ट र प्रकाश बिक्रम सिजापति भन्ने व्यक्तिहरुलाई प्रयोग गरि अशोक बिष्टको घर सम्पत्ति खाइदिने उदेश्य राखि मुद्दामा फसाइ दुख दिने गरेको कुरा पुष्टि हुन् आएको छ ।’ पवन कुमारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्ता कार्य नगर्न पटकपटक चेतावनी दिदा पनि अटेरी गरी सर्वसाधारणलाई दुख दिने कार्य नरोकेपछि पीडित पक्षको उजुरीका आधारमा जनताले नै चेतावनीस्वरुप असार ३ गते कारवाही गरेको विज्ञप्ति उल्लेख छ । विज्ञप्तिमा भनिएअनुसार काठमाडौं कालीमाटीका जनक बिष्टले हरि बहादुर बिष्ट र प्रकाश बिक्रम सिजापतिलाई यस प्रकारका गैरकानुनी कार्यमा संलग्न गराउदै आएका छन् ।
यस्तै उक्त पार्टीले ३ गते नै आफ्ना जिल्ला सचिवालय सदस्य ललित तामाङलाई बिना कारण हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ । तामाङलाई रिहा नगरिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा पनि जनक बिष्ट र हरि बहादुर बिष्टले लिनुपर्ने चेतावनी दिएको छ । कम्युनिष्ट पार्टीले गिरफ्तार तामाङको रिहाइको लागि सहयोग गरीदिन सरोकारवाला, मानवअधिकारवादी, वकिल र पत्रकारहरुलाई अपिल गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्