
पहिलो चरणको स्थानिय निकाय निर्वाचनमा भएको चुनावी झडपका क्रममा जुँगुमा एमाले कार्यकर्ताको हत्या भएको घटनामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पूर्व राज्य मन्त्री र जिल्ला अध्यक्ष सहितका नेतालाई हत्या मुद्धा चलाएपछि गृहमन्त्रीको दबाबमा दोलखाका प्रहरी प्रमुख डिएसपी रविन कार्की ‘हेडक्वार्टर’ तानिएका छन् ।
गत वैशाख २६ गते गौरीशंकर गाउँपालिका २ स्थित जुँगुको रेशमडाँडामा माओवादी केन्द्र र एमालेका कार्यकर्ता बीच भएको झडपमा ज्यान गुमाएका एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या सम्बन्धी मुद्दामा माओवादीका शिर्ष नेताहरुलाई मुद्दा चलाएपछि गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले कार्कीलाई सोमबार बिहान हेडक्वार्टर तानेको हो ।
गत वर्षको भदौमा जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका कार्कीलाई आफ्नो कार्यकाल ९ महिना पुरा नहुदै एउटा हत्या मुद्दामा माओवादीका शिर्ष नेता समेत मुछिएपछि गृहमन्त्री शर्माको दबाबमा सरुवा गरिएको हो । उनको स्थानमा प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिएसपी रामेश्वर कार्कीलाई खटाएको छ । हेडक्वार्टर तानिएका कार्कीलाई प्रहरी प्रधन कार्यालयको अपराध अनुसन्धान महाशाखामा हाजिर हुन आदेश गरिएको छ ।
उक्त घटनामा ज्यान गुमाएका कुलबहादुर एमाले वडा सदस्य गोरे तामाङका छोरा हुन् । घटनामा संलग्न रहेको अभियोगमा पीडित परिवार र एमाले जिल्ला नेतृत्वले माओवादी स्थायी कमिटि सदस्य गंगा कार्की, पूर्व राज्य मन्त्री एवं पोलिटब्युरो सदस्य देवी खड्का, जिल्ला सह ईन्चार्ज विशाल खड्का सहित जुँगु र आसपासबाट प्रतिनिधित्व गर्ने ४० जना नेता कार्यकर्तालाई घटनाकै भोलीपल्ट किटानी जाहेरी दिएको थियो । प्रहरीले ९ जनालाई पक्रेर जिल्ला अदालतमा किटानी जाहेरी परेका सबै विरुद्ध सरकारी वकिल मार्फत गत साता मुद्दा दायर गरेको थियो ।
अदालतमा पेश भएका ९ जना सामन्य तारेखमा छुटिसकेका छन भने शिर्ष नेताहरु फरार सुचीमा छन् । उनिहरूका नाममा आइतबार जिल्ला अदालतले वारेण्ट जारी गरेको छ ।
एमालेले राजनितिक प्रतिशोध साँध्न घटनामा संलग्नै नरहेका आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएको भन्दै मुद्दा नचलाउन माओवादी केन्द्रका नेताहरुले डिएसपी कार्की र जिल्ला न्यायधिवक्ता कैलाश दाहाललाई दबाब दिदै आएका थिए । एमाले र माओवादीको लगातार दोहोरो दबाबको चेपुवामा परेको प्रहरी र सरकारी वकिलले अन्तिममा पूर्व राज्यमन्त्री एवं नेतृ खड्कालाई मुख्य अभियुक्त र र ३९ जना आरोपितहरुलाई हत्यामा संलग्न रहेको अभियोगमा प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्