Skip to content
LAXMI SUNRISE BANK

इलाममा यस्तो अचम्म : एउटै पदमा सासू-बुहारीको प्रतिस्पर्धा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
इलाम – स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा विभिन्न रोचक घटना घटेका समाचार आइरहेका बेला इलाममा पनि त्यस्तै रोचक प्रतिष्पर्धा हुने भएको छ । इलामको सन्दकपुर गाउँपालिका-१ मा एउटै पदका लागि सासूबुहारीको उम्मेदवार बनेका छन् ।
उक्त गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेका तर्फबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यता एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परेपनि आ-आफ्नै तरिकाले चुनावी अभियानमा लागेको सासु-बुहारीकै भनाइ छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK