Skip to content
LAXMI SUNRISE BANK

आइएमइले बनायो १७ औं बार्षिकउत्सव !

अर्थ सरोकार

काठमाडौं – रेमिटेन्स कम्पनी आर्इएमर्इले १७औं वार्षिकोत्सव मनाएको छ। बैंकिङ च्यानलमार्फत रेमिटेन्स भित्र्याउन १७ वर्षअघि आर्इएमर्इ स्थापना भएको थियो।यो कम्पनीको स्थापनासँगै वैधानिक रुपमा रेमिटेन्स ल्याउने बाटो खुलेको थियो।कम्पनीका १ सय ५५ आर्इएमर्इ सेन्टरसहित ७५ जिल्लामा ६१ सय भन्दा बढी सव एजेन्ट रहेको छ।वैदेशिक रोजगारीमा गएका नेपालीबाट सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीमा आर्इएमर्इ पर्छ।
कम्पनीले सबैभन्दा बढी रेमिटेन्स भित्र्याएको आधारमा महत्वपूर्ण व्यवसायिक व्यक्ति सिआर्इपी सम्मान समेत पाएको छ।वार्षिकोत्सवका अवसरमा सत्र वर्षको निरन्तर सेवा लिने ग्राहकमध्येबाट विदेशबाट पैसा पठाउने र नेपालमा प्राप्त गर्ने १७ गरी कुल ३४ जनालार्इ लक्की ड्रमार्फत सम्मान गरिएको थियो।कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक हेमराज ढकालले कम्पनीको सेवालार्इ अझै परिस्कृत र प्रविधिमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीको निरन्तर विश्वास र टीमको सहयोगले सफलता प्राप्त गरेको बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK