
- अर्थ सरोकार सम्बाददाता
चितवन – नेकपा माओवादीले चितवनका इन्चार्जसहित भरतपुरमा मतपत्र च्यात्ने कार्यमा संलग्न बिभिन्न नेता कार्यकर्तालाई एमालेबाट ज्यान मार्ने धम्की आएको बताएको छ । माओवादी चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले शुक्रबार चितवन सिडियो कार्यालयमा उजुरी दिँदै आफुहरुमाथि लगातार ज्यान मार्ने धम्की दिएको आएको दाबी गरेका हुन् ।
माओवादी केन्द्रका सक्रिय कार्यकर्ताहरु द्रोण शिवाकोटी, प्रकाश कँडेल, बोधराज न्यौपाने, अञ्जनकुमार तिमल्सिना, साजन अधिकारी, सुजन सिंह ठकुरी, उत्तम गुरुंग, दिलीप पौडेल, बसन्त आचार्य समेतका व्यक्तिहरु र जिल्ला तहका नेताहरुलाई ज्यान मार्ने धम्की आएको माओवादीको दाबी छ ।
नेकपा एमालेको युवा संघ र अनेरास्ववियूका जिल्ला तथा केन्द्र तहका नेताहरुबाट ज्यानै जोखिम हुने गरी धम्की आएको भन्दै माओवादीले उनीहरुलाई सिडिओ कार्यालयमै झिकाउन र ज्यानको सुरक्षा दिन माग गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्